आनन्द कार्कीको गजल र भजनमा रमाउंदै हंगकंगवासी नेपाली

हंगकंग, नेपालका लोकप्रिय गायक आनन्द कार्की सहितका कलाकारहरुको एक टोलीले यसबेला विशेष गरि गजल र भजनको साथमा हंगकंगवासी नेपालीहरुका माझ सांगीतिक मनोरन्जन दिलाई रहेका छन् । हंगकंग नेपाल हिन्दू एशोसिएसनको आयोजनामा नेपाली कलाकारहरु आनन्द कार्की, निर्मल सिलवाल र शिरोमणि दवाडी हंगकंग आइपुगेका हुन् । नेपाली धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई भावी पुस्तामाझ पनि निरन्तरता गराउने उद्देश्यले गीतसंगीतको माध्यमबाट मनोरंजन गराउने उद्धेश्य रहेको हंगकंग नेपाल हिन्दू एशोसिएसनकी अध्यक्ष्य गोमादेवी शर्माको धारणा रहेको छ ।

15497934_1383434458341439_1539893258_nहंगकंगको काउलुस्थित युमाताई कम्युनिटी हलमा गरिएको एक सांगीतिक कार्यक्रम “हंगकंग गजल तथा भजन साँझ” मा गायक आनन्द कार्कीले गजल, भजन लगायत विभिन्न खालका नयाँ पूराना गीत संगीतहरु पस्किएर दर्शकहरुलाई मनोरंजन प्रदान गरेका थिए । तेस्तैगारी गायक निर्मल सिलवालले पनि नेपाली र हिन्दि गजलहरु गएका थिए भने हास्य कलाकार शिरोमणि दवाडीले पनि दर्शकहरुलाई विभिन्न खालका मनोरन्जनात्मक प्रस्तुति देखाएर हँसाएका थिए ।15401306_1380077478677137_1779738623_nहंगकंग नेपाल हिन्दू एशोसिएसनद्वारा हंगकंगस्थित युमाताईमा स्थापित हिदू मन्दिरमा आउँदो शनिवार र आइतवार २४ घन्टे अखण्ड भजन कीर्तनको आयोजना गरिने भएको छ । उक्त समारोहमा गायक आनन्द कार्की लगायतका कलाकारहरुका साथै स्थानीय कलाकारहरु हरि श्रेष्ठ र नागेन्द्रको पनि प्रस्तुति रहने जनाइएको छ ।15494108_1383434501674768_1212247866_n