श्री कृष्ण लुइटेल (बोके दार्ही) कलाकार टिमले गरे म्यान्मारमा सांगीतिक धमाका ।

शिरोमणि दवाडी,बर्मा

अखिल म्यान्मादेशिय गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मार (बर्मा)का विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले आफ्नो प्रस्तुतिबाट दर्शकको मन निकै राम्ररी जितेका छन।

पहिलो चरणमा शांखाइमा रहेको शिव धाममा शिवरात्रीको उपलक्ष्यमा आयोजित तीन दिने मेलामा उपस्थित भक्तजनहरूलाई मनोरञ्जन दिन आयोजना गरिएको सांगीतिक कार्यक्रममा लगभग पाँच लाख दर्शक बिच नेपाली कलाकार टोलीले नेपाली गीत,हास्य प्रस्तुतिका साथमा नृत्य प्रस्तुत गरेका थिए।

त्यसैगरी दोश्रो चरणमा प्यु लिङ र माण्डलेमा आयोजित कार्यक्रममा नेपाली कलाकार टोलीले प्रस्तुत गरेको कार्यक्रममा यहाँस्थित नेपालीको उल्लेख्य उपस्थिती थियो।

गायक आनन्द कार्की,श्रीकृष्ण लुइँटेल,गायिका प्राश्ना शाक्य र हास्य कलाकार तथा उद्घोषक शिरोमणि दवाडीले प्रस्तुती दिएका हुन।म्यान्मारमा पहिलो पटक पुगेका गायक कार्की र गायिका शाक्यका सुमधुर नेपाली तथा हिन्दी गीतहरूले उपस्थित दर्शकलाई सांगीतिक मनोरञ्जन दिएको थियो ।नेपाली गीत, संगीतलाई ज्यादै रुचाउने म्यान्मारबासी बिच पूर्व परिचित गायक लुइँटेलका प्रस्तुतिले उपस्थिति दर्शक नचाएको थियो भने हांस्य कलाकार शिरोमणि दवाडीले बिच बिचमा प्रस्तुत गरेको हास्यब्यङ्ग शैलीको उद्घोषणले हसाएको थियो।यस अघिका विभिन्न कार्यक्रममा आफ्ना हांस्य शैलीका गीतमार्फत म्यान्मारबासीलाई सांगीतिक संवाद चखाइसकेका लुइँटेललाई पुनः यस पटक पाउंदा प्राय: हरेक प्रस्तुतिमा उनका फ्यानले गीत गुनगुनाउदै हुटिङ्ग गरेर उनलाई साथ दिएका थिए।

घण्टौंको यात्रा गरेर कार्यक्रम हेर्न भेला भएका दर्शकले नेपाली कलाकारलाई लामबद्ध भै मन्चमै उक्लेर माला लगाइदिएर गरेको स्वागतले नेपाली कलाकार निकै खुसी देखिएका थिए।

नेपाली कलाकारलाई समन्वय गर्नुहुने थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले कार्यक्रम सफल रहेकोमा सबैले गर्व गरेको बताउनुभयो। धार्मिक संस्थाको आयोजनामा नेपालबाट आएर मेला सफल बनाइदिएकोमा खुसी ब्यक्त गर्दै उहाँले यस कार्यक्रमले नेपाल र बर्मा बिचको कला तथा सांस्कृतिक सम्बन्ध निकै सुदृढ हुने बिश्वास ब्यक्त गर्नुभयो।त्यस्तै नेपाली कलाकार टोलीको नेतृत्व गर्नुहुने गायक आनन्द कार्कीले बर्मा आफैमा नेपाली संस्कृति र सनातन परम्पराका लागि महत्वपूर्ण स्थल रहेको स्मरण गराउनुभयो।

नेपाली कलाकार टिमको स्वागतका लागि आयोजक संस्था अखिल म्यान्मादेशिय गोर्खा हिन्दू धार्मिक संघको सांस्कृतिक विभागले नेपाली सांस्कृतिक झांकी,गीत तथा नृत्य प्रस्तुत गरेका थिए। बर्मामा कृयाशिल हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको एक मात्र छाता संस्थाका रूपमा रहेको यस संघका अधिनमा देशभर ३६ शाखा छन भने ३६० मन्दीर रहेका छ्न ।बर्मामा लगभग अढाइ लाख नेपालभाषी बस्दै आएका छन।

– See more at: http://www.terhathumkhabar.com/international/5969/#sthash.Gcl1bvRK.dpuf